डा.केसीको अभियानमा ऐक्यबद्धता जनाउन बिहीबार माइतीघर मण्डलाबाट बृहत् र्याली
काठमाडौं : डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन भन्दै विभिन्न १२ पेशाकर्मी संघ संगठनले बिहीबार माइतीघर मण्डलाबाट बृहत् र्याली निकाल्ने भएका छन्।
विभिन्न १२ संघसंस्थाहरूका तर्फबाट डा. केदारनरसिंह केसीद्वारा बुधबार जारी विज्ञप्तिमा डा. केसीको अभियानमा ऐक्यबद्धता जाहेर गर्न सम्पूर्ण सरोकारवाला निकाय, नागरिक समाज, विभिन्न पेशामा आबद्ध संघ संस्था तथा आम सर्वसाधारणलाई आग्रह गरिएको छ।
‘सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य शिक्षा तथा सेवामा सहज पहुँच पुर्याउनु पर्छ भन्ने पवित्र उद्देश्यका साथ पटक–पटक अनसनमा बस्दा नेपाल सरकारले उहाँसँग सम्झौता गर्ने, तर सम्झौताको मसी सुक्न नपाउँदै सरकारबाटै त्यसको उल्लंघन हुने परिपाटीले लोकतन्त्रप्रतिको नागरिकको विश्वास धर्मराएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालको स्वास्थ्य क्षेत्र झन् पछि झन् विकराल स्थितितर्फ उन्मुख भएको छ।’
प्रजातान्त्रिक विचार समाज, नेपाल डेमोक्रेटिक प्राध्यापक संघ, नेपाल प्रेस युनियन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर नेपाल, नेपाल शिक्षक संघ र नेपाल स्वास्थ्यकर्मी एसोसिएसनको आयोजनामा र्याली निकालिन लागेको हो। यस्तै डेमोक्रेटिक लयर्स एसोसिएसन, पेशागत महासंघ, त्रिवि प्रा.क.संघ, बीपी स्मृति अस्पताल, नेपाल साँस्कृतिक संघ र डीएएएन कीर्तिपुर क्याम्पसले पनि र्यालीमा सहभागिता जनाउनेछ।
र्याली दिउँसो १ बजे निकालिने जानकारी दिइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?