२३ वर्षमा गंगालाल हृदय केन्द्रले गर्याे २२ हजार बिरामीको मुटुको शल्यक्रिया
काठमाडौं : शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २३औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सव समारोहमा केन्द्रका निर्देशक डा.ज्योतीन्द्र शर्माले नेपालमा दिनप्रतिदिन बढ्दै गएको मुटुरोगको पहिचान, रोकथाम तथा नियन्त्रणमा केन्द्रले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए।
सीमित स्रोतसाधनबाट शुरु भएको अस्पताल हाल वैज्ञानिक प्रविधि, दक्ष जनशक्ति तथा अत्याधुनिक मेसिनले सुसज्जित राष्ट्रियस्तरको अस्पतालका रूपमा स्थापित भएको शर्माले दाबी गरे। वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै उनले हालसम्म करिब १६ लाख ४५ हजार बिरामीको बहिरंग सेवामार्फत स्वास्थ्य परीक्षण गरिसकेको जानकारी दिए। उनले २२ हजार भन्दा बढी बिरामीको मुटुको शल्यक्रिया गरेको बताए।
केन्द्रले स्थापनाको २३औँ वार्षिकोत्सवका अवसरमा उच्च क्षमताको नेपालमै पहिलोपटक ६४० स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन भित्र्याएको छ भने अत्याधुनिक ‘क्याथल्याब’ सेवा विस्तार गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?