सन्तानको रहर पुगेरभन्दा पहिलो गर्भ पतन गराउने नै बढी
रोल्पा : जिल्लामा पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ ।
गत वर्ष ३१२ जनाले सुरक्षित गर्भपतन सेवा लिएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ। सेवा लिनेमध्ये अधिकांश किशोरी छन्।
पहिलो पटक गर्भ रहेकै बेला उनीहरूले यस्तो सेवा लिएको छ। सन्तानको रहर पुगेर गर्भपतन गराउनेभन्दा पहिलो पटक गर्भ पतन गराउनेको सङ्ख्या धेरै देखिने गरेको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाले जनाएको छ ।
आर्थिक वर्ष २०७३\०७४ मा ३७७ महिलाले स्वास्थ्य संस्थामा पुगेर प्रसूति सेवा लिएका थिए भने सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या ३१२ थियो।
‘उमेर नपुग्दै विवाह गरेका गर्भवती किशोरीले सबैभन्दा बढी असुरक्षित गर्भपतन गराउने गरेको छ’, स्वास्थ्यकर्मीहरू भन्छन्, ‘अधिकांशलाई निश्चित अवधिको गर्भपतन गर्न पाइन्छ भन्ने जानकारी नै छैन, जानकारी भएका पनि गोपनीयता भङ्ग हुने डरले स्वास्थ्य केन्द्रमा आएर गर्भपतन सेवा लिन नचाहेको हो।’
असुरक्षित गर्भपतन गराएर थप स्वास्थ्य समस्या भएकाले उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको बताइन्छ । अघिल्लो वर्ष यसरी गर्भपतन गराएर स्वास्थ्य संस्थामा आउने महिलाको सङ्ख्या ७० रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
असुरक्षित गर्भरोधकको रुपमा परिवार नियोजनका साधनलाई लिइए पनि रोल्पामा यसको प्रयोगकर्ताको सङ्ख्या भने ४० प्रतिशत मात्रै रहेको बताइन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?