चितवनमा २६ जनामा डेङ्गु सङ्क्रमण
चितवन : जिल्लामा चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २६ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रक रामकुमार केसीका अनुसार डेङ्गु देखिएकामध्ये ११ चितवनका छन्। अन्य छिमेकी जिल्लाको रहेको उनले बताए। योअवधिमा एक हजार ३७० जनाको परीक्षण गरिएको थियो।
गत आर्थिक वर्षमा ५९ मा डेङ्गु देखा परेको थियो, जसमध्ये ३२ चितवनका रहेको केसीले बताए। गत वर्ष हेटौँडा घर भएका एक जनाको चितवनमा उपचारका क्रममा डेङ्गुका कारण मृत्यु भएको थियो।
डेङ्गु नियन्त्रणका लागि यही माघ १४ गतेबाट इपिडिमियोलोजी महाशाखा र रत्ननगर नगरपालिकाले जनचेतनामूलक कार्यक्रम गरिरहेको छ।
‘एडिस एजेप्टाइ जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्ने चिकित्सकहरू बताउँछन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?