पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, डा. केसीकाे माग पूरा गर्दा कसैकाे हार हुँदैन
काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले डा. गोविन्द केसीको माग पूरा गर्न ढिला भइसकेको प्रतिक्रिया दिएकी छिन्।
बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनशनस्थल पुगेकी कार्कीले डा.केसीलाई केही भए तीन करोड नेपालीको भावनामा प्रहार हुने भन्दै उनीसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गरिन्।
उनले आमरण अनशनरत डा.केसीको माग पूरा गर्नुको विकल्प नभएको बताइन्। पूर्वप्रधानन्यायाधीश कार्कीले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन्। ‘डा. केसी एक सन्यासी भएकाले उहाँको माग पूरा गर्दा कसैको हार हुँदैन सबैको जित नै हुन्छ’, उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि यो कुरा राम्रोसँग बुझ्नुभएको छ जस्तो लाग्छ।’
कार्कीले सरकारले थोरै मागलाई अड्काएर जिद्दी गरेको आफूले बुझ्न नसकेको प्रतिक्रिया दिइन्। उनले डा. केसीलाई माग पूरा हुन्छ भन्ने ढाडससमेत दिएकी थिइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?