कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शुरू गर्याे अक्सिजन उत्पादन
काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक आफ्नै कारखानाबाट अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरेको छ। अक्सिजनको अभावमा जुम्ला अस्पतालबाट बिरामी अन्तै पठाउनुपर्ने अवस्था अन्त्य भएको छ।
कर्णाली प्रदेशमा नै गत वर्षदेखि सुर्खेत क्षेत्रीय अस्पतालले अक्सिजन उत्पादन गर्न थालेको थियो। दम, फोक्सो, छाती तथा शल्यक्रियाका बिरामीका लागि अक्सिजन अति आवश्यक हुन्छ। यसअघि प्रतिष्ठानले रक्त सञ्चार सेवा केन्द्र, आधुनिक चिकित्सा विज्ञानलाई आवश्यक पर्ने सबै प्रयोगशाला तथा सघन उपचार कक्ष सञ्चालनमा ल्याइसकेको छ।
अति आवश्यक पर्ने सिटीस्क्यान उपकरण जडान अन्तिम चरणमा रहेको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले करिब दुई करोड २३ लाख रुपैयाँ लागतमा अक्सिजन प्लान्टका उपकरण स्थापना गरी अस्पताललाई आवश्यक पर्ने अक्सिजन उत्पादन शुरु गरिएको जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?