आँखा तथा कान जाँच शिविरमा लिए साढे आठ हजारले सेवा
सङ्खुवासभा : खाँदबारी नगरपालिकामा आयोजित निःशुल्क आँखा तथा कान जाँच शिविरमा आठ हजार पाँच सयभन्दा बढी व्यक्तिले सेवा लिएका छन्।
खाँदबारी नगरपालिका र नेपाल नेत्रज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको संयुक्त आयोजनामा भएको सो शिविरमा नगर क्षेत्रभित्रका ३८ विद्यालयका सात हजार विद्यार्थी तथा एक हजार पाँय सय बढी स्थानीयवासीले आँखा र कान जाँच गराएका थिए।
९५ जनामा मोतियाविन्दु भेटिएको छ भने ३०० विद्यार्थीको पुनः आँखा जाँच गर्नुपर्ने देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्रका इन्चार्ज क्षितिज बरालले जानकारी दिए।
४० विद्यार्थी तथा ६० स्थानीयको कानको जालीमा प्वाल परेको भेटिएको छ। मोतियाविन्दुका रोगीको शल्यक्रिया माघ २५ र २६ गते गरिने बरालले बताए। शिविरमा ६०० जनालाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?