पूर्वयुवराज पारस शाह अझै केही दिन अस्पतालमै रहने
काठमाडौं : पूर्वयुवराज पारस शाह अझै केही दिन अस्पतालमै रहने भएका छन्। स्वास्थ्य अवस्था खतरामुक्त नभइसकेकाले उनी डिस्चार्ज हुन अझै दुईतीन दिन लाग्ने नर्भिक अस्पतालले जनाएको छ।
शाहको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डाक्टर यादव भट्टले शाहलाई आज दिनभर सीसीयूमै राखेर उपचार गरिने बताए। शाहको पछिल्लो स्वाथ्य अवस्थाबारे अस्पतालले दिउँसो विज्ञप्ति निकालेर जानकारी दिने बताइएको ।
हृदयाघात भई शाह सोमबार अपराह्न अस्पताल भर्ना भएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?