डा. केसीकाे स्वास्थ्य अवस्था नाजुक, पुनः आईसीयूमा सार्ने तयारी
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा अनशरत डा. गोविन्द केसीलाई आईसीयूमा सार्ने तयारी गरिएको छ।
चिकित्सा शिक्षा सुधार लगायतका विभिन्न माग राख्दै थालेकाे अनशन २२ दिनसम्म आइपुग्दा डा. केसीकाे स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएपछि उनलाई आईसीयूमा राख्ने तयारी गरिएको हो।
गत पुस २५ गते इलामबाट अनशन शुरू गरेका डा. केसीलाई स्वास्थ्य अवस्था बिग्रिएकाे भन्दै माघ ४ गते काठमाडाैं ल्याइएकाे थियाे। आईसीयूबाट ६ गते क्याबिनमा सारिएका उनलाई ८ गते जनरल बेडमा सारिएकाे थियाे।
यता केसीकाे अनशनप्रति समर्थन जनाउँदै नेपाल चिकित्सक संघको आह्वानमा शुरु भएको चिकित्सकहरूको रिले अनसन मंगलबार पनि जारी छ। त्रिवि शिक्षण अस्पतालमा हरेक दिन बिहान १० देखि बेलुकी ५ बजेसम्म रिले अनशन जारी रहेको संघका अध्यक्ष डा.मुक्तिराम श्रेष्ठले जानकारी दिए।
चिकित्सकहरूको रिले अनशनका कारण अस्पतालमा उपचार गराउन जाने बिरामी भने मारमा परेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण