श्रीलंकामा डेंगुले दुईजनाको मृत्यु, ३७ सय प्रभावित
डेंगुका कारण श्रीलंकामा कम्तीमा दुई जनाको मृत्यु भएको छ भने तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् ।
यही जनवरीको पहिलो तीन हप्तामा देशभर फैलिएको डेंगुबाट प्रभावितहरूको विवरण अधिकारीहरूले मंगलबार सार्वजनिक गरेका हुन्।
इपिडिमियोलोजी इकाइले गत शुक्रबारसम्ममा तीन हजार ७४३ जनामा डेंगुको सङ्क्रमण देखिएको जनाएको छ।
प्रभावितमध्ये सबैभन्दा धेरै राजधानी कोलम्बोका भेटिएका छन्। त्यसपछि जाफ्ना र गम्पाहमा धेरै बिरामी रहेको अधिकारीहरूले बताएका छन्।
स्वास्थ्यकर्मीहरुले प्रभावितलाई तत्काल औषधोपचारको आवश्यकता रहेको बताएका छन्। बिरामीहरुमा उच्च ज्वरो, लगातार बान्ता, पेट दुख्ने, चक्कर लाग्ने, पिसाब बन्द हुनेलगायतका समस्या देखिने गरेको चिकित्सकहरूले बताएका छन्।
गत वर्ष पनि श्रीलंकामा डेंगुका कारण ५० भन्दा बढीको मृत्यु भएको थियो भने ४८ हजार भन्दा बढी प्रभावित भएका थिए।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य