चितवनमा पेरियो एस्थेटिक लेजरसम्बन्धी दुईदिने सेमिनार सम्पन्न
काठमाडौं : साइराम डेन्टल केयर, नारायणगढ चितवनको आयोजनामा पेरियो एस्थेटिक लेजर सम्बन्धी सेमिनार चितवनमा सम्पन्न भएको छ। ४० दन्त चिकित्सक सहभागी दुईदिने सेमिनारमा विशेषज्ञ डा. रिचा कपुरले प्रशिक्षण दिएकी थिइन्।
साइराम डेन्टल केयरकी प्रबन्ध निर्देशक डा. सरु थापाले परम्परागत तरिकाबाट भन्दा पेरियो एस्थेटिक लेजर पद्धतिबाट उपचार गर्दा बढी सफलता मिल्ने दाबी गरिन्। उनले भनिन् ,’उक्त प्रविधिमा आधारित उपचार सेवा सेमिनार पश्चात नियमित रुपमा साइराम डेन्टल केयर नारायणगढबाट उपलब्ध गराउन हामी उत्सुक छाैं’।
रत्ननगर अस्पताल, चितवनका मेडिकल सुपरिटेन्डेन्ट तथा वरिष्ठ कन्सल्टेन्ट डेन्टल सर्जन डा. अजय न्यौपानेले यो पद्धति नयाँ, अत्याधुनिक भएकाले सम्पूर्ण उमेर समूहका बिरामीलाई उपयोगी र प्रभावकारी हुने विश्वास व्यक्त गरे।
पेरियो लेजर पद्धतिबाट गिजालगायत मुखको विभिन्न अपरेशन र उपचार छोटो समयमै सम्पन्न गर्न सकिने, दुखाइ निकै कम हुने, अपरेशनमा रगत नबग्ने दाबी विशेषज्ञहरूले गरे। अप्रेसनपश्चात् सुन्निने, दुख्ने समस्या कम हुने र अप्रेसन गरेको भाग पनि चाँडै नै निको हुने जानकारी कार्यक्रममा दिइयाे। यस्तो खालको सेमिनार काठमाडौं बाहिर पहिलो पटक आयोजना गरिएको हो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’