स्वाइन फ्लूले भारतीय पूर्वरक्षामन्त्री फर्नान्डिजको निधन
भारतीय पूर्व रक्षामन्त्री जर्ज फर्नान्डिजको स्वाइन फ्लूका कारण निधन भएको छ। ८८ वर्षको उमेरमा मंगलबार बिहान दिल्लीमा उनको निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
फर्नान्डिज अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा रक्षामन्त्री भएका थिए। उनी भारतको समता पार्टीको संस्थापक नेता हुन् ।
३ जुन ११३०मा भारतको मैंगलोरमा जन्मिएका उनी नौ पटक लोकसभाका सांसद भएका थिए। सन् १९७४ मा भारतीय रेल्वेका अध्यक्ष बनेका फर्नान्डिजले गरेको ‘रेल्वे स्ट्राइक’ सरकारलाई झुक्न बाध्य बनाएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?