वीर अस्पतालमा नयाँ सिटी स्क्यान
काठमाडौं : वीर अस्पतालले १२८ स्लाइस क्षमताको नयाँ सिटी स्क्यान मेसिन जडान गरी सेवा दिन थालेको छ। यो मेसिनको आठ करोड ८४ लाख रूपैयाँ पर्छ।
अस्पतालमा यसअघि १६ स्लाइस क्षमताको सिटी स्क्यान मेसिन थियो । उक्त मेसिन बिग्रिएका कारण बिरामी अन्य अस्पतालमा जाँच गर्न जानुपर्ने बाध्यता थियो। नयाँ सिटी स्क्यान मेसिनको सेवा शुल्क निजीको भन्दा झण्डै तीन गुणा सस्तो रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले शरीरको अंगको स्क्यानका आधारमा दुईदेखि चार हजार रूपैयाँसम्म शुल्क लिने गरेको छ। यो मेसिन खासगरी मष्तिष्कघात, मष्तिष्कभित्रका चोट, नशामा रगत जमेको, क्यान्सर, घाँटीको समस्या, हड्डीको समस्या, पेटको समस्याको पहिचानमा उपयोगी हुने बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?