मालिका गाउँपालिकामा ‘शून्य होम डेलिभेरी’ अभियान शुरु
गुल्मी : मालिका गाउँपालिकाले गर्भवती महिला र बाल मृत्युदर कम गर्न ‘शून्य होम डेलिभेरी’ अभियान शुरु गरेको छ। यो वर्ष वडा नम्बर ६ अर्जैलाई शून्य होम डेलिभेरी वडा घोषणा गर्ने तयारी भइरहेको छ।
यसका लागि अर्जैका सबै गर्भवती महिलाको घरमा हरियो झण्डा राखिएको वडाध्यक्ष शोभाखर गिरीले जानकारी दिए।
यस्तै वडा ३, ४ र ७ लाई आगामी वर्ष ‘शून्य होम डेलिभेरी’ बनाउने बताइएको छ। गाउँपालिकाले प्रसूति गृहमा सुत्केरी हुनेलाई एक हजार प्रोत्साहन भत्ता दिँदै आएको छ। संघीय सरकारले भने दुई हजार ८०० उपलब्ध गराउँदै आएको छ।
यो आर्थिक वर्षमा हालसम्म मात्रै १३८ जनाले प्रसूति गृहमा बच्चा जन्माएको गाउँपालिकाका स्वास्थ्य संयोजक वसन्त भुसालले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?