‘शिक्षण अस्पतालमा रिले अनशन रोक्दैनौँ’
काठमाडौं : नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले चिकित्सकहरूको रिले अनशन नरोकिने प्रतिक्रिया दिएका छन्।
‘शिक्षण अस्पतालले आफ्नो परिसरमा रिले अनशन नबस्न भनेको छ नि! अब के गर्नुहुन्छ?’, प्राइम टाइम्स टेलिभिजनमा सोमबार बेलुकी ८ बजे प्रसारित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा ऋषि धमलाको प्रश्नमा अध्यक्ष श्रेष्ठले शिक्षण अस्पताललगायत संघको शाखाहरूमा रिले अनशन जारी रहने बताए।
‘व्यक्तिगत वा संस्थागत स्वार्थका लागि संघर्षमा उत्रिएका होइनौँ’, उनले भने, ‘चिकित्सा शिक्षा सुलभ होस् र स्वास्थ्यसेवा सहज ढंगले सर्वसाधारणको हातमा पुगोस् भन्ने ध्येयले अनशन बसेका डा. केसीको जीवन बचाउन रिले अनशन बसेका हौँ।’ श्रेष्ठले डा. केसीको स्वास्थ्यप्रति सरकार गम्भीर नबने थप कठोर आन्दोलन गर्ने चेतावनी दोहाेर्याए।
आन्दोलनमा उत्रिए पनि आफ्नो कर्तव्य पूरा गरेको उनले बताए। चिकित्सकहरू अहिले पालोपालो गरी रिले अनशनमा बसेको दाबी गरे।
जुनसुकै क्षेत्रमा शान्तिपूर्ण आन्दोलन गर्न पाइने तर्क उनले गरे। ‘के हामीले हातहतियार लिएर आन्दोलन गरेका हौँ,’ उनले प्रश्न गरे’, राजाको शासन अन्त्य गर्न सेतो कोट लगाएरै आन्दोलन गरेकोचाहिँ ठीक हुने अहिलेचाहिँ गलत!’
चिकित्सक संघको आह्वानमा चिकित्सकहरू रिले अनशनमा बसेपछि त्रिवि शिक्षण अस्पतालले आफ्नो परिसरमा अनशन नबस्न भन्दै सोमबार विज्ञप्ति प्रकाशन गरेको थियो।




अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’