अस्पताल परिसरभित्र अनशन नबस्नू : त्रिवि शिक्षण अस्पताल
काठमाडौं: त्रिवि शिक्षण अस्पतालले अस्पताल परिसरभित्र चिकित्सकलाई अनशन नबस्न भन्दै विज्ञप्ति प्रकाशन गरेको छ।
डा. गोविन्द केसीको अनशनलाई समर्थन गर्दै उनको जीवन रक्षाका लागि अस्पताल परिसरमा सोमबारदेखि चिकित्सकहरुले रिले अनशन शुरु गरेका छन्।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेम कृष्ण खड्गाद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा अस्पताल परिषरमा हुने धर्ना, अनशन, प्रदर्शन जस्ता कार्यले सर्वसाधारणलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्न असर पर्ने हुनाले अस्पताल जस्तो सर्वसाधारणको पहुँचमा रहेको स्थानमा धर्ना अनशन जस्ता विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ भन्ने उल्लेख छ ।
यो विज्ञप्तिको प्रतिउत्तरमा चिकित्सकहरुले आइसीयूमै गएर अनशन बस्ने जवाफ दिएका छन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण