सुरक्षित गर्भपतन गराउने बढे, अविवाहित पनि उल्लेख्य
दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा यो आर्थिक वर्षमा अहिलेसम्म १४५ महिलाले निःशुल्क सुरक्षित गर्भपतन गराएका छन्।
गर्भपतन गराउनेमा १७ वर्षदेखि २० वर्षसम्मका ५५ जना अरु २० वर्षमाथिका रहेको अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर रेकर्डर दुर्गा रेग्मीले जानकारी दिए। सुरक्षित गर्भपतन गराउनेमा केही अविवाहित पनि छन्।
गर्भपतन गराउनेमा सबैभन्दा बढी दाङ, केही सल्यान, रुकुम र रोल्पा जिल्लाका पनि छन्। अस्पतालमा गर्भपतन गराउन आउनेले आफूलाई चिन्ने डरले केहीले आफ्नो ठेगाना समेत ढाँट्ने गरेको पाइएको छ।
‘अस्पतालमा गर्भपतन गराउँदा सबैले देख्ने र चिन्ने डरले केहीले सरकारले गर्भपतनको लागि कानुनी मान्यता नदिएको ठाउँमा गएर धेरै पैसा खर्च गरी असुरक्षित गर्भपतन गराइरहेका छन्’, अस्पतालका स्त्रीरोग विशेषज्ञ चिकित्सक विनोद सिंहले भने।
प्रत्येक महिनामा चार पाँच जनाभन्दा बढी अन्यत्र गर्भपतन गराएर पेटमा आधा बच्चा तथा अत्यधिक रक्तश्राव भएर अस्पतालमा आउने गरेकाे उनले बताए। अविवाहितले पटक–पटक गर्भपतन गराउँदा पछि बच्चा नहुनेसमेत उनले बताए।
प्रादेशिक अस्पताल तुलसीपुर, मेरी स्टोप्स् सेन्टर तुलसीपुर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङ, नेपाल परिवार नियोजन संघ दाङलगायतका स्वास्थ्य संस्थाले निःशुल्क सुरक्षित गर्भपतनकाे मान्यता पाएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण