दक्षिण काेरियामा आधाले पहिलो बच्चा जन्माउँछन् शल्यक्रियाबाट
दक्षिण कोरियामा पहिलो बच्चा जन्माउने महिलामध्ये आधाले शल्यक्रियामार्फत बच्चा जन्माउने गरेको पाइएको छ।
आइतबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सन् २०१७ मा शल्यक्रियामार्फत बच्चा जन्माउने महिलाको संख्या करिब आधा पुगेको हो।
स्वास्थ्य बिमा पुनरावलोकन तथा मूल्याङ्कन सेवाका अनुसार सन् २०१७ मा बच्चा जन्माएका मध्ये ४८.८ प्रतिशतले पहिलो बच्चा जन्माउँदा शल्यक्रिया गरेका छन्।
सो संख्या सन् २०१६ मा भन्दा ३.४ प्रतिशतले बढी हो। सन् २०१६ मा शल्यक्रिया गरेर पहिलो बच्चा जन्माउने महिलाको संख्या ४५.४ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ।
कोरियाली समाजमा बढी उमेर भएपछि मात्रै गर्भवती हुने चलन बढ्दै गएकाले स्वास्थ्य जटिलताका कारण पहिलो बच्चा जन्माउँदा शल्यक्रिया बढेकाे बताइएको भनाइ छ। कोरियामा पछिल्ला वर्षमा पहिलो पटक गर्भवती हुने महिलाको उमेर बढ्दै गएको पाइएको छ।
सर्वेक्षणका अनुसार करिब ३५ वर्ष वा सोभन्दा माथिको उमेरमा पहिलो पटक गर्भवती हुनेको संख्या करिब २९ प्रतिशत छ। सन् २००६ मा भने यो संख्या १४ प्रतिशतको हाराहारी थियो।
सर्वेक्षणकर्ताहरूले सन् २००६ मा ३५ वर्षको आसपासमा गर्भवती हुनेमध्ये ७ प्रतिशत पहिलो पटक गर्भवती भएका महिला रहेको जनाएका छन्। हरेक वर्ष गर्भवती हुने उमेर बढ्दै गएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण