डा. दिव्या भन्छिन्, मिर्गाैला प्रत्यारोपण गरेका बिरामीको मनोबल डा. केसीको विज्ञप्तिले गिर्यो
काठमाडौं: वरिष्ठ मिर्गौला प्रत्यारोपण विशेषज्ञ प्रा डा. दिव्या सिंह शाहले डा गोविन्द केसीको प्रेस विज्ञप्तिप्रति आपत्ति जनाएकी छिन्। आइतबार डा. शाहले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै डा. केसीले मिर्गौला प्रत्यारोपण गरेका सम्पूर्ण बिरामीको मनोबल गिराएको बताएकी हुन्।
‘मिर्गौला प्रत्यारोपण गर्दा वा त्यसपछि खाने कुनै पनि औषधिले बिरामीको मानसिक अवस्था वा निर्णय गर्ने क्षमतामा असर गर्दैन। खै डा. केसीले कसरी यस्तो कुरा उठाउनु भयो’, उनले प्रतिप्रश्न गरिन्।’
‘उहाँका सबै माग जायज छन्, तर कसैको स्वास्थ्य अवस्थाबारे यस्तो टिप्पणी नगरेको भए हुन्थ्यो’, डा. केसीका हरेक अनसशनका वेला मेडिकल टिममा रहेकी डा. दिव्याले भनिन्, ‘उहाँको याे भनाइले अरु बिरामीको समेत मनोबल गिरेको छ।’
सरकारले सँग आफूसँग गरेको सम्झौताविपरीत शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा. केसीले पत्रकार सम्मेलन गरी मिर्गौला प्रत्यारोपण गरेपछि लगातार औषधि सेवन गरेकाले प्रधानमन्त्रीकाे निर्णय क्षमतामा ह्रास आएकाे टिप्पणी गरेका थिए ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?