अस्पतालका आकस्मिक सेवासमेत ठप्प पार्ने चिकित्सक संघकाे चेतावनी
काठमाडौं : नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको माग पूरा गरी अनशन तोडाउने वातावरण नबने अस्पतालका आकस्मिक सेवासमेत ठप्प पार्ने चेतावनी दिएको छ।
संघले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइतबार भेला गरी डा. केसीका मागप्रति सरकार गम्भीर नबनेको भन्दै आकस्मिक सेवा बन्द गर्ने चेतावनी दिएको हो।
डा. केसीको जीवनरक्षाको माग गर्दै केसीले उनका माग पूरा गर्न संघले आग्रह गरेको छ।
दबाबस्वरूप सोमबारदेखि देशभरका आफ्ना १६ शाखाअगाडि रिले अनशन बस्ने पनि संघले जनाएको छ। यसबाट पनि माग पूरा नभए कठोर आन्दोलन गर्न बाध्य हुने संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले बताए।
डा. केसीको आमरण अनशनको समाधानका लागि सरकारले पहल नगरेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरअस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसम्बद्ध आवासीय चिकित्सकरूले शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य