सिटामाेल लिन तीन दिनकाे बाटाे
बाजुरा : जिल्लाकाे हिमाली गाउँपालिका ३ गुम्बाका बासिन्दालाई आफ्नै वडामा रहेको स्वास्थ्यचौकी जान–आउन र उपचार गर्न तीन दिन लाग्छ। बिरामी भएपछि तीन दिन बोकिएर पुगे पनि औषधि नपाएर फर्किनुपर्ने बाध्यता छ।
स्थानीय स्वयंसेविका पासाङ लामा गुम्बाको पूरै गाउँ आधारभूत स्वास्थ्यसेवाबाट वञ्चित भएको बताउँछिन्। गुम्बागाउँमा २५ घरपरिवारका २०० जना बसोबास गर्छन्। ‘सिटामोल लिन स्वास्थ्यचौकी जान पनि उनीहरूलाई तीन दिन लाग्छ’, स्वयंसेविका लामाले भनिन्।
हिमाली गाउँपालिका साविकका विकट गाविस बिच्छ्याँ, बाँधुको केही भाग र रुगिन गाविस मिलाएर बनेको हो। साविकको बिच्छ्याँ गाविसको देवसैनमा स्वास्थ्यचौकी छ।
स्वास्थ्यचौकी पुग्न एक दिन, उपचार गर्न एक दिन र फर्किन एक दिन लाग्ने कारण स्वास्थ्य सेवाबाट विमुख भएको महिना दिनदेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङ बताउँछिन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?