Health TV Online
Health TV Online
Health TV Online

यसरी बच्नुस् स्वाइन फ्लुबाट

यसरी बच्नुस् स्वाइन फ्लुबाट

काठमाडाैंमा केही दिनयता कडा खालकाे रूघाखाेकीले पाँचजनाकाे मृत्यु भइसकेकाे छ। अहिलेसम्म स्वाइनफ्लुका कारण मृत्यु हुनेको सङ्ख्या लुकाएको सरकारले पत्रपत्रिकामा यसबारे समाचार प्रकाशित भएपछि त्यसलाई स्वीकारेको छ।

स्वाइनफ्लु मौसमी रुघाखोकी अर्थात् सिजनल फ्लुको एक प्रकार हो। स्वाइनफ्लु एच वन एन वान भाइरसले लाग्छ। रुघाखोकी, ज्वरो जस्ता सामान्य रोग बिग्रिएर यो भाइरस फैलिने चिकित्सकहरू बताउँछन् ।

यसरी फैलिन्छ स्वाइनफ्लु

चिसो र तातो मौसम परिवर्तन भइरहने स्थितिमा स्वाइनफ्लुको भाइरस फैलिन्छ। अहिलेजस्तो छिनमै घाम लाग्ने, छिनमै चिसो हुने र छिनमै पानी पर्ने मौसम भएका वेला भाइरस फैलिने चिकित्सक बताउँछन्।

यस्ता मानिसलाई खतरा

स्वस्थ मानिसलाई स्वाइनफ्लुले सजिलै असर गर्न सक्दैन। महिला, बालबालिका तथा रोगीलाई स्वाइनफ्लुले चाँडै असर गर्छ।

‘सुगर, प्रेसर, मुटुरोग, मिगौला तथा अन्य दीर्घरोगको सामना गरिरहेका मानिसलाई बढी खतरा हुन्छ। केही सावधानी अपनाए यसले खासै केही असर गर्दैन।

यसरी बच्नुस्

साधारण लक्षण देखिनासाथ अस्पताल गएर जाँच गरी औषधि खाएमा यसबाट सजिलै बच्न सकिन्छ । बाहिर हिँड्दा मास्क लाएर हिँड्ने, चिसोमा न्यानो लुगा लगाउने जस्ता साधारण सावधानी अपनाउने गरेमा यसबाट रोगबाट बच्न सकिन्छ।

हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने, रुघा लागेका मानिससँग अंकमाल नगर्ने, टिस्यु पेपर प्रयोग गर्ने गरेमा यसबाट बच्न सकिन्छ। सरसफाइमा विशेष ध्यान दिएमा यो भाइरस सजिलै फैलिँदैन।

स्वाइफ्लुको लक्षण देखिएका मानिस छुट्टै बसेर अरुलाई यस रोगबाट बचाउन सक्छन्। तातोपानी खाने, नुनपानीले कुल्ला गर्ने, भिडभाडमा यात्रा नगर्ने गर्दा पनि यसबाट बच्न सकिन्छ। खकार तथा थुक जथाभावी नफाल्ने, मास्क तथा टिस्यु पेपर नष्ट गर्ने गर्नुपर्छ।

एजेन्सीकाे सहयाेगमा

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार