नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले निःशुल्क शिविर गर्ने
ललितपुर : विश्व क्यान्सर दिवसकोअवसर पारेर, नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर जावलाखेलले निःशुल्क शिविर गर्ने भएको छ ।
यही माघ १९ गते शनिबार अस्पताल परिसरमा बृहत् स्वास्थ्य जाँच शिविर सञ्चालन गर्न लागेको अस्पतालका अध्यक्ष एवं वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदन पियाले जानकारी दिए। शिविरमा विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श गरिने डा. पियाले बताए।
शिविरमा क्यान्सर लाग्ने कारण र बच्ने उपायका बारेमा समेत सचेतना कार्यक्रम हुने बताइएको छ। यसका साथै विभिन्न विशिष्टीकृत सेवामा छुटको समेत व्यवस्था गरिएको अस्पतालले जनाएको छ ।
हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्व क्यान्सर दिवस मनाइन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?