निरन्तरकाे हिमपातले खाेप कार्यक्रम प्रभावित
हुम्ला : माघ लागेसँगै निरन्तरको हिमपातले राष्ट्रिय पोलियो खोप अभियानलाई प्रभावित भएको छ। यही माघ ८ र ९ गते सञ्चालन हुने राष्ट्रिय पोलियो खोप कार्यक्रम भारी हिमपातका कारण अवरुद्ध भएको जिल्ला अस्पतालका अनमी सरिता बोहराले जानकारी दिइन्।
जिल्लाका अधिकांश खोप केन्द्रमा पोलियो खोप खुवाउने कार्यक्रम दुईदिन सञ्चालन गर्ने भनिए पनि सोमबारदेखिकाे हिमपातले खोप सञ्चालन गर्न नसकिएको उनले जानकारी दिइन्। हिउँ जमेका कारण जिल्ला अस्पताल हुम्लाले २७ खोप केन्द्रमा स्वास्थ्यकर्मी र खोप सामग्री लैजान नसकिएको अनमी बोहराले बताइन्।
हिमपातले जिल्लाका प्रत्येक वडामा थालिने खोप अभियानका क्रममा खोप केन्द्र र स्वास्थ्य संस्थामार्फत पाँच हजारभन्दा बढी बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने काम प्रभावित भएको छ।
दादुराजस्तै लाग्ने रुबेला हुँदा हातखुट्टाका औँला, नाडी र घुँडा जोर्नी दुख्ने ज्वरो आउनुका साथै रक्तश्राव हुने, गर्भवती महिलामा पनि यो रोग देखिने गरेको अनमी बोहराको भनाइ छ। मौसम सुधार भए तत्काल खोप सञ्चालन गर्ने बोहराले बताइन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?