शिक्षण अस्पतालमा भेला हुँदै चिकित्सक, आन्दोलनका कार्यक्रम तय गर्ने
काठमाडौं : चिकित्सा क्षेत्रकाे सुधारका लागि भन्दै अनशनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै उपत्यकाका चिकित्सक त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भेला हुँदैछन्।
नेपाल चिकित्सक संघको आह्वानमा आइतबार दिउँसो १ बजे भेला डाकिएको हो। सरकारले सम्झौताविपरीत संसदबाट चिकित्सा शिक्षा विधेयक पारित गरेपछि डा. केसीको जीवन रक्षाका लागि छलफल गर्न चिकित्सकहरूलाई बोलाइएको संघले जनाएको छ।
संघले जारी गरेकाे विज्ञप्तिमा माथेमा आयोगको प्रतिवेदन, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका अभियन्ता डा. केसीको पटक–पटकको अनशन र नेपाल सरकारले डा. केसीसँग सम्झौतामार्फत गरिएका प्रतिबद्धताविपरीत चिकित्सा शिक्षा विधेयक संसदबाट दुई तिहाइको नाममा पास गरिएको उल्लेख छ।
संघले जारी गरेको विज्ञप्तिमा माथेमा आयोगको प्रतिवेदन, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका अभियन्ता डा. गोविन्द केसीको पटक–पटकको अनशन र नेपाल सरकारले डा केसीसँग सम्झौतामार्फत गरिएका प्रतिबद्धताविपरीत विधेयक संसदबाट दुई तिहाइको बलमा पारित गरेको उल्लेख छ।
संघले यसअघि बिहीबार नै केसीसँग वार्ता गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो। भेलाले आन्दोलनका कार्यक्रम तय गर्ने बताइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?