डा केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
काठमाडौं: चिकित्सा शिक्षा सुधारका विभिन्न माग राखेर १६ औं चरणको अनशन शुरु गरेका डा गोविन्द केसीको समर्थनमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । डा केसीको समर्थनमा ऐक्यबद्धता जनाउन सोलिडारिटी फर डा.केसी एलायन्सको अगुवाइमा प्रदर्शन गरिएको हो।
सरकारले विगतमा गरेको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर डा केसी आमरण अनसनमा रहेकै बेला शुक्रबार प्रतिनिधिसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गरिएपछि डा केसी र उनका समर्थक अझ बढी आक्रोसित बनेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?