डा केसीको अनसनस्थलमै चिकित्सकको भेला हुँदै
काठमाडौं: सरकारले प्रा. डा. गोविन्द केसीसँग गरेको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेपछि नेपाल चिकित्सक संघले उपत्यकाका चिकित्सकको भेला बोलाएको छ।
संघले आइतबार दिउँसो १ बजे डा केसी अनसनरत शिक्षण अस्पताल महाराजगञ्जमा भेला बोलाएको हो। शुक्रबार सरकारले डा केसीसँगको सम्झौता विपरित चिकित्सा शिक्षा विधेयक पारित गरेपछि झनै आक्रोसित बनेका डा केसीले अनसन कुनै पनि हालतमा नतोड्ने बताएका छन्।
डा केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भदै संघले उनको जीवनरक्षाका लागि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न भेला बोलाएको हो। संघले यसअघि बिहिबार नै केसीसँग वार्ता गर्न सरकारलाई ७२ घण्टाको अल्टिमेटम दिएको थियो।
संघले जारी गरेको विज्ञप्तिमा माथेमा आयोगको प्रतिवेदन, चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका अभियन्ता डा गोविन्द केसीको पटक–पटकको अनशन र नेपाल सरकारले डा केसीसँग सम्झौता मार्फत गरिएका प्रतिबद्धता विपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट दुई तिहाईको बलमा पारित गरेको
उल्लेख छ ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य