अनशनरत डा.केसीले मागे प्रधानमन्त्रीको राजीनामा
काठमाडौं: चिकित्सा शिक्षामा सुधारको माग राख्दै आमरण अनशनरत प्रा. डा.गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।
प्रतिनिधिसभाले शुक्रबार चिकित्सा शिक्षा विधेयक पास गरेलगत्तै पत्रकार सम्मेलन गरेका डा. केसीले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने माग गरेका हुन्।
डा. केसीको स्वास्थ्य अवस्थाका कारण उनको तर्फबाट डा. जीवन क्षेत्रीले लिखित प्रेस विज्ञप्ति पढेर सुनाएका थिए। विज्ञप्तिमा आफैँले गराएको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट प्रधानमन्त्री च्युत तथा आफ्नै विगतको निर्णयबाट विचलित भएकाले तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने उल्लेख छ।
विज्ञप्तिमा प्रधानमन्त्रीको निर्णय क्षमता उनको स्वास्थ्य अवस्था तथा उनले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मुल्य राष्ट्रले चुकाइरहन परेको समेत रल्लेख छ।
डा. केसीले जबरजस्ती रूपमा विधेयक पास गराउनु भनेको तीन करोड जनतालाई धोखा दिएको भन्दै कुनै पनि हालतमा अनशन फिर्ता नहुने बताएका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण