कांग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित
काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको छ।
विधेयक डा. गाेविन्द केसीसँग भएकाे सहमतिकाे आधारमा पेश हुनुपर्ने र आफ्ना दुई नेता स्व. गिरिजाप्रसाद कोइराला तथा स्व.सुशील कोइरालाको नाममा खोलिएका अस्पताललाई स्वीकृति दिनुपर्ने भन्दै कांग्रेस सांसद्हरूले उभिएर विरोध जनाएका थिए।
पटकपटक बस्न अनुराेध गर्दा नमानेपछि सभामुख कृष्णबहादुर महराले टेबल गर्न शिक्षामन्त्री गिरिराजमणि पाेखरेललाई अनुमति दिए।
कांग्रेस सांसदहरूले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्ट्रममा पुर्याए। त्यससँगै सभामुख महराले विधेयकमाथि छलफल गर्न समय दिए। तर, कसैले पनि भाग लिएनन्।
यससँगै सभामुखले राष्ट्र्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ बहुमतले पारित गरेकाे घाेषणा गरे। अर्को बैठक माघ १७ गते बस्ने गरी स्थगित भएको छ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’