संसद् भवन अगाडिबाट डा.केसीका २५ समर्थक पक्राउ
काठमाडौं : अनशनरत डा. गोविन्द केसीका समर्थकहरूलाई संघीय संसद भवन अगाडिबाट प्रहरीले पक्राउ गरेको छ।डा. केसीको मागप्रति ऐक्यबद्धतासहित उनको जीवनरक्षा माग गर्दै गरिएकाे प्रदर्शनका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेकाे हाे।
पक्राउ पर्नेमा विवेकशील नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरू शशीविक्रम कार्की, अजिता राई, डा. दिनेश प्रसाईँ, अम्बिका कार्की, सुजन श्रेष्ठ, रामजी पन्त र मिलन पाण्डेलगायत रहेकाे डा.केसीका समर्थक प्रितम केसीले जानकारी दिए।
संसद भवन बानेश्वर पानीट्यांकीको भाग संसदगेटमा नाराबाजी गरिरहेको अवस्थामा उनीहरूलाइ प्रहरीले पक्राउ गरेकाे गरेको हो।
पक्राउ परेकाहरूलाई अहिले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखिएको छ।
चिकित्सा शिक्षा विधेयक शुक्रबार दिउँसो १ बजे बस्ने संघीय संसदको बैठकले पारित गर्ने तयारी गरिरहँदा उनीहरूले प्रदर्शन गरेका हुन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?