जुनै हालतमा चिकित्सा शिक्षा विधेयक पारित गर्ने सरकारकाे तयारी, जसरी पनि राेक्ने कांग्रेसकाे दाउ
काठमाडौं : सरकारले शुक्रबार संसदमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ। सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बिहीबार जानकारी दिएअनुसार सरकार जुनसुकै हालतमा विधेयक पारित गरेरै छाड्ने मनस्थितिमा छ।
यता प्रमुख प्रतिपक्षी दल कांग्रेस कुनै हालतमा विधेयक पारित हुन नदिने दाउमा छ। डा. गोविन्द केसीको १५औँ पटकको अनशन तोड्दा गरेको सहमतिविपरीत विधेयक तयार गरेको भन्दै उसले विरोध गर्दै आएको छ। यस्तै आफ्ना स्वर्गीय दुई नेताको नाममा खुलेका अस्पताल सिफारिस नगरेको भन्दै कांग्रेस रुष्ट छ।
यसअघि कांग्रेसकैअवरोधका कारण सोमबार र मंगलबार पटक पटक बसेको प्रतिनिधिसभा बैठकमा विधेयक पेश हुन सकेको थिएन। मंगलबारको बैठकमा कांग्रेसले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेललाई रोष्ट्रममै जान नदिएपछि विधेयक पेश हुनै सकेको थिएन।
शुक्रबार कांग्रेसले मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट भए पनि विधेयक पेश गर्न लगाउने र पारित गराउनेसम्मको तयारी सत्तापक्षले गरेको छ। तर प्रतिपक्षी कांग्रेसले यसलाई जसरी पनि रोक्ने भएकाले आजको संसद बैठक थप तनावपूर्ण हुनसक्ने देखिएको छ।
संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा अन्य कार्यसूची हटाएर चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची मात्रै राखिएको संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले बताए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’