बझाङका दुर्गममा स्वास्थ्य शिविर, दुई हजार सात सयले लिए सेवा
बझाङ : जिल्लाका दुर्गम बुंगल नगरपालिका र दुर्गाथली गाउँपालिकामा सञ्चालित दुईदिने स्वास्थ्य शिविरमा दुई हजार सात सय भन्दा बढीले सेवा लिएका छन्।
नगरपालिकामा सञ्चालित स्वास्थ्य शिविरमा एक हजार पाँच सय ६१ जनाले सेवा लिएका छन्। गाउँपालिमा आयोजित स्वास्थ्य शिविरमा एक हजार एक सय ४५ सेवाग्राहीले स्वास्थ्य परीक्षण गराएका छन्।
वासुदेव प्रसाद जोशी प्रतिष्ठान, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुर, नेपाल शान्ति स्काउट, उपकार सेवा नेपाल तथा माता मनकामना स्क्रीन प्रिन्टको सहकार्यमा यी दुई स्थानमा शिविर आयोजना गरिएको हो। शिविरकाे संयाेजन जिल्लाकाे तारामण्डल महिला सशक्तिकरण अभियानले गरेको हाे।

सदरमुकाम चैनपुरदेखि करिब ४० किलोमिटरको दूरीमा रहेको दुर्गाथलीको चौधारा माध्यमिक विद्यालयमा आयोजित पहिलो दिनको शिविरमा मौलाली तथा सैनपसेलाबाट घण्टौँ हिँडेर सेवाग्राही स्वास्थ्य उपचारका लागि पुगेका थिए।
यस्तै बुंगल नगरपालिकामा आयोजित शिविरमा विजगडादेखि देउकोट, दहबगर, खिरातरी र खोलेक आदि ठाउँबाट सेवा लिन आएकाे शिविरका संयोजक तथा अभियानका सदस्य त्रिविक्रम सिंहले जानकारी दिए।
शिविरमा बालरोग, हाडजोर्नी, दन्त, दम तथा अन्य रोगका विशेषज्ञ चिकित्सकको टोलीले स्वास्थ्य जाँच तथा औषधि वितरण गरेको थियाे।
शिविरमा गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले पहिलो प्राथमिकता स्वास्थ्य सेवा भएकोले सातै वडामा बर्थिङ सेन्टर स्थापना गर्ने कामलाई अघि बढाएको जानकारी दिए।
बझाङको बुंगल नगरपालिकाका कतिपय स्थानमा अहिले पनि बिजुली पुगेकाे छैन। दुर्गाथली गाउँपालिकामा कच्ची मोटर बाटो पुगे पनि विकासका अन्य भौतिक पूर्वाधार अभाव छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण