तीन अस्पतालका आवासीय चिकित्सकले आजदेखि आकस्मिकबाहेकका सेवा नदिने
काठमाडौं: प्रा. डा. गोविन्द केसीको आमरण अनशनको समाधानका लागि सरकारले पहल नगरेको भन्दै तीन अस्पतालका आवासीय चिकित्सकले आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएका छन्।
चिकित्साशास्त्र अध्ययन संस्थान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीरअस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसम्बद्ध आवासीय चिकित्सकरूले बिहीबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै यस्तो निर्णय गरेका हुन्।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै डा. केसी १६औँ चरणको अनशनमा छन्। उता चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले विहिबार नै सरकारलाई डा केसीसँग वार्ता गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिँदै कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण