प्युठानका किसान जडिबुटी खेतीमा आकर्षित
प्युठान : कृषकहरूमा जडिबुटीखेतीमा आकर्षण बढेको छ। स्थानीयको आयआर्जनमा सहयाेग पुर्याउने उद्देश्यले जडिबुटी खेतीको विस्तारमा डिभिजन वन कार्यालयले पनि विभिन्न कार्यक्रम गर्दै आएको छ।
जडिबुटीका मुख्य प्रजातिलाई ‘पकेट’ क्षेत्र बनाएर उत्पादनमा प्रोत्साहन गर्दै आएको डिभिजन वन कार्यालय प्यूठानका रेन्जर हरि पौडेलले जानकारी दिए।
जिल्लामा श्रीखण्ड,तेजपात, टिमुर, चिउरी, चुत्रो, पाखनवेद, सुगन्धवाल,अमला र कुरिलोलगायत जडिबुटी पाइन्छ। त्यसैगरी लोक्ता रजवारा अर्खा, स्याउलीवाङ, डामृ, लिघाका उच्च स्थानमा पाइन्छ।
तेजपात प्यूठानको हंसपुर, दाङवाङ, वरौला, पकला, चुँजा, मरन्ठाना, खलंगा लगायतका अधिकांश स्थानमा पाइन्छ।जडिबुटीको पकेट क्षेत्र रूपमा विकास गर्न यो आर्थिक वर्षमा २० लाख रुपैयाँ विनियोजन भएको पौडेलले बताए।
कोचिवाङ, जुम्रीकाँढा र माझकोट टिमुर, बिजुवार र क्वाडी श्रीखण्ड र चुँजा, पकला, वरौला, दाङवाङ तेजपातको पकेट क्षेत्र मानी खेती विकास र विस्तारमा लागेको डिभिजन वन कार्यालय प्यूठानले जनाएकाे छ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?