निःशुल्क औषधि मेडिकलमा किन्न सिफारिस गर्छ जिल्ला अस्पताल
डोल्पा : सरकारले ७० प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने भने पनि जिल्ला अस्पतालमा सेवा लिन जानेहरू मेडिकलमा किन्र बाध्य छन्।
दैनिक आवश्यकीय १५ प्रकारको औषधी नहुँदा दैनिक उपचार गर्न समस्या भएको जिल्ला अस्पताल डोल्पाका निर्मित प्रमुख हिमविक्रम शाहीले बताए। गाउँ–गाउँबाट बिरामी भएर आएका स्थानीयको जाँच गरे पनि निःशुल्क उपलब्ध हुने औषधि नहुँदा रित्तो हात फर्काउनु परेको उनकाे भनाइ छ।
‘दैनिक बिरामी जाँच गरी औषधि बाहिर किन्न पठाउँदा हामीलाई पनि दु:ख लाग्छ’,असिष्टेन्ट फर्मासिस्ट वीरचन्द्र बोहोराले भने, ‘जिल्ला अस्पतालमा तीन हप्तादेखि औषधि अभाव छ।’ दैनिक बिरामीको चाप बढेसँगै औषधि नहुँदा उपचारमा समस्या परेको उनले बताए।
स्थानीय सरकार गठन भएदेखि नै स्थानीय सरकारको खातामा औषधि खरिददेखि कर्मचारीको तलब सम्म आउने गरेको छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य