राेल्पामा बिमा गर्ने महिला बढी
रोल्पा : जिल्लामा स्वास्थ्य बिमा गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन्। जिल्लामा गत मङ्सिर १ गतेसम्म १२ हजार ८८१ ले स्वास्थ्य बिमा गरेकोमा त्यो सङ्ख्या महिलाको बढी छ। जिल्लामा सात हजार ९७ महिलाले स्वास्थ्य बिमा गरेका छन्।
स्वास्थ्य बिमा गर्ने पुरुषको सङ्ख्या पाँच हजार ७८३ रहेको छ। जिल्लामा महिला स्वास्थ्य स्वयंसेविकालाई बिमा दर्ता सहजकर्ता तोकिएका कारण बिमितको सङ्ख्या पनि महिला बढी भएका हुन्। जिल्लामा स्वास्थ्य बिमा गर्नेको सङ्ख्या निकै कम देखिएको छ।
दुई लाख ३४ हजार जनसङ्ख्या रहेको रोल्पामा १२ हजार ८८२ ले मात्रै स्वास्थ्य बीमा गरेको बिमा बोर्ड रोल्पाका प्रतिनिधिले जानकारी दिएका छन्। स्वास्थ्य बिमाजस्तो महत्त्वपूर्ण कार्यक्रमको प्रचारप्रसार हुन नसक्दा बिमित बढ्न नसकेको जिल्ला स्वास्थ्य प्रमुख डा. सुशील आचार्यको भनाइ छ।
बिमा गर्न आफूहरूले अस्पताल आउने बिरामीसँग पनि परामर्श गर्ने गरेको डा.आचार्यको भनाइ छ। ‘खट्ने कर्मचारी, स्वयंसेवक र स्थानीय जनप्रतिनिधिको समन्वय भए स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ’, डा. आचार्यले भने।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?