Health TV Online
Health TV Online
Health TV Online

डा गोविन्द केसीसँग सरकारले गरेका सम्झौता ईमान्दारिताकासाथ कार्यान्वयन हुनुपर्छ: स्वास्थ्यमन्त्री

डा गोविन्द केसीसँग सरकारले गरेका सम्झौता ईमान्दारिताकासाथ कार्यान्वयन हुनुपर्छ: स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डा गोविन्द केसीसँग गरेका सम्झौता सरकारले कार्यान्वयन  गर्नुपर्ने बताएका छन्।

बुधबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमममा डा केसी अनसनका वारेमा पहिलोपटक सार्वजनिक रुपमा धारणा राखेका मन्त्री यादवले भने, ‘डा केसीसँग जे सम्झौता गरेको छ त्यो सम्झौता ईमान्दारिताका साथ कार्यान्वयन हुनुपर्छ।’

मन्त्री यादवले आफू पनि आन्दोलन गरेरै आएको भन्दै आन्दोलनपछि भएका सहमति कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, ‘म पनि आन्दोलनबाट आएको हुँ,सम्झौता गरिएका मागहरू पूरा गर्नुपर्छ, म यति भन्छु।’

कार्यक्रममा मन्त्री यादवले स्वास्थ्य सेवा चुस्त दुरुस्त राख्न दक्ष स्वास्थ्यकर्मी, पूर्वाधार र उपकरणको आवश्यकता हुने भन्दै अहिले यी तीनै कुराको अभाव मन्त्रालयले सामना गरिरहेको बताए । प्रयाप्त बजेटको अभावमा भनेजस्तो सुधार हुन नसकेको पनि उनले जानकारी गराए।

कार्यक्रममा स्वाथ्य सचिव डा पुष्पा चौधरीले मन्त्रालयको पछिल्लो छ महिनाको कार्य विवरण प्रस्तुत गरेकी थिइन ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार