स्वाइनफ्लुका कारण मृत्यु भएकाकाे परिवारकाे नमूना संकलन
काठमाडौं : चिकित्सकको टोलीले चाबहिलमा स्वाइनफ्लुका कारण मृत्यु भएका एकजनाको शाेकमा रहेकाे परिवारका सदस्यहरूकाे स्वास्थ्य जाँचका साथै नमूना संकलन गरेको छ
‘एन्फुलुएञ्जा– ए’का कारण धोबीखोलाका ५० वर्षीय एकजना व्यक्तिको सोमबार मृत्यु भएपछि घरपरिवार बसेकै स्थानमा आएर उपचार र नमूना संकलन गरेका हुन्।
विभागको चिकित्सकहरूको टोलीको नेतृत्व गरेर गएका डा.प्रकाश शाहले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरे। ‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमूना पनि संकलन गरिएको छ। अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन । तर, सर्तक रहनुपर्छ ।’
‘कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर जाँच गराउनु पर्छ’, डा.शाहले भने, ‘हेलचेक्र्याइँ गर्नुहुँदैन।’
हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएकाे थियाे।
याे विषयमा जानकारी पाएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरूलाई निर्देशन दिएर उपचारमा कुनै कसर बाँकी निर्देशन दिएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण