सांसदहरूलाई डा. केसीकाे भिडियो सन्देश
चिकित्सा शिक्षा विधेयकमा भएका माफियामुखी बुँदाहरू हटाउनुस्
काठमाडौं : त्रिवि शिक्षण अस्पतालमा आमरण अनशनरत डा. गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरूलाई आग्रह गरेका छन् ।
शिक्षण अस्पतालको शय्याबाट भिडियो सन्देश दिँदै डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरू हटाउन आग्रह गरेका हुन्। सरकारले आफूसँग यसअघि गरेको सहमति अनुसार जनतामुखी र विद्यार्थीमुखी बुँदाहरू थपेर ऐन पारित गर्न सांसदहरुलाई उनले अपिल गरेका छन्।
डा.केसीकाे सन्देशलाई उनका सहयाेगी अभिषेकराज सिंहले ‘ट्वीट’ गरेका छन्।
मंगलबार अपराह्रन ३ बजे बस्ने संसदको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यसूची छ।
यता आफ्ना स्वर्गीय दुई नेताहरूको नाममा रहेका अस्पताललाई स्वीकृति नदिएको र डा. केसीको माग सम्बोधन नभएको भन्दै कांग्रेसले सोमबारको सदनका दवै बैठकमा आवरोध गरेको थियो। यही अवस्थामा विधेयक पारित गरिन खोजिए मंगलबार पनि बैठकमा अवरोध पुर्याउने कांग्रेसको तयारी छ।
हेर्नुहाेस् डा. केसीकाे सन्देश
नमस्ते माननियज्युहरु!
१६ औ सत्याग्रहको १४ औ दिन डा गोबिन्द केसी भन्नुहुन्छ: pic.twitter.com/3OM6CvTYf3— Abhishek Raj Singh (@seeuabhishek) January 22, 2019





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण