राप्ती प्रादेशिक अस्पतालमा चिकित्सक अभाव
लमही : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा चिकित्सक अभाव भएको छ।
१६ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले ६ मात्रै विशेषज्ञ चिकित्सक कार्यरत रहेको अस्पतालका निमत्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए।
अस्पतालमा हाल उनीसहित डा. जनार्दन पन्थी, डा. विनोद सिंह, डा. मीनचन्द्र अधिकारी, डा. पदमराज अधिकारी र डा. प्रशङ्सा सिंह मात्रै छन्। यीबाहेक १० विशेषज्ञको दरबन्दी खाली हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको शर्माले बताए
मानसिक रोग, छाला, नाक कान, बेहोस बनाउने, बलरोग तथा हड्डीसम्बन्धी विशेषज्ञ मात्रै रहे पनि अन्य विशेषज्ञ चिकित्सकको अभाव रहेको उनको भनाइ छ। अहिले १८ नर्सको दरबन्दी रहे पनि २४ जना छन्। तर पनि त्यतिले मात्रै पनि नपुग्ने प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. शर्मा बताउँछन्।
भौतिक पूर्वाधारको अवस्था समेत कमजोर रहेकाे अस्पतालमा अहिले दैनिक २०० देखि ३०० बिरामी आउने गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?