दुई अस्पताल संघीय सरकार मातहत नराखेको भन्दै कांग्रेसद्वारा राष्ट्रियसभा बैठकमा अवरोध
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध पुर्याएको छ।
तनहुँस्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल संघीय सरकार मातहत नराखेको भन्दै कांग्रेसले राष्ट्रियसभा बैठकमा अवरोध पुर्याएको हो।
सोमबार ११ बजे शुरु भएको बैठकमा कांग्रेसले माग गरेअनुरूप स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवकाे जवाफ नआएपछि कांग्रेस सांसदहरूले उभिएर विराेध जनाएका थिए।
कांग्रेस राष्ट्रियसभा दलका नेता सुरेन्द्र पाण्डेले सरकारको तर्फबाट चित्तबुझ्दो जवाफ नदिएकाले बैठक अवरुद्ध गरेको बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?