क्यान्सरले कैदीको मृत्यु
रत्ननगर : क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षीय शिवराम विकको मृत्यु भएको छ।
उपचारका क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा आइतबार विकको मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले बताए।
उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौँ स्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो।
जबरर्जस्ती करणी मुद्दामा ११ वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई ०७३ चैत १२ गते जेल चलान गरिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?