स्वास्थ्य शिविरमा तीन हजारभन्दा बढीले लिए सेवा
काठमाडौं : स्वास्थ्य सेवा विभागले उत्तरी खोटाङका विभिन्न गाउँमा गरेको स्वास्थ्य शिविरमा तीन हजारभन्दा बढीले सेवा लिएका छन्।
जाल्पा, बाक्सिला, खार्ताम्छा, ऐसलुखर्क र हलेसीमा विभागले गरेको निःशुल्क वृहत स्वास्थ्य शिविरमा १० दिने शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको थियो।
सेवा लिन आएकालाई निःशुल्क औषधि तथा थप उपचारका लागि काठमाडौंका सरकारी अस्पतालमा थप उपचारका लागि सिफारिस गरिएको शिविर संयोजक डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
शिविरमा १०लाख रुपैयाँ बराबरको औषधि वितरण गरिएको थियो। शिविरमा सेवा लिएकामध्ये शल्यक्रिया गर्नुपर्ने १८९ बिरामीलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको प्रबन्ध मिलाइएको बुढाथोकीले जानकरी दिए।
शिविरमा डा. विश्व दवाडी, डा. साधना आचार्य, डा. सुरक्षा बाँस्कोटा, डा. सरोजकुमार राय, डा. चाँदनी जयसवाल, डा. मनोजकुमार महत, डा. सुनिल तामाङ तथा स्वास्थ्यकर्मी कल्याण ढुङ्गाना, भुवन पुरी, दौलत तुलाधर, अमृतजंग बस्नेत, धर्मेन्द्र यादव र नर्स शर्मिला आचार्य शिविरमा सहभागी थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?