डा. केसीको उपचारका लागि नाै सदस्यीय चिकित्सक टोली गठन
काठमाडौं : इलामबाट बिहान काठमाडौं ल्याइएका डा. गोविन्द केसीको उपचारका लागि नाै सदस्यीय चिकित्सकको टोली गठन गरिएको छ।
त्रिवि शिक्षण अस्पतालको आईसीयू कक्षमा राखिएका डा.केसीको उपचारका लागि डा. सुवास आचार्यको संयोजकत्वमा नाै चिकित्सक टाेली गठन भएकाे हाे। टाेलीमा डा. दिव्यासिंह शाह, डा. प्रमेशसुन्दर श्रेष्ठ, डा. पंकज पन्त, डा. सविन थपललिया, डा.सन्तकुमार दास, डा. सूर्य देवकोटा, डा.रविन नेपाली र नर्स गंगा थापा रहेकाे अस्पतालका निर्देशक प्रा.डा. प्रेम खड्गाले बताए।
चिकित्सा शिक्षामा सुधारलगायत विभिन्न माग राखेर पुस २५ देखि इलाममा अनशनरत डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शुक्रबार बिहान ‘नाइटभिजन हेलिकोप्टर’बाट काठमाडौं ल्याइएको हो।
उनकाे स्वास्थ्य अवस्थाबारे नियमित अपडेट गर्ने अस्रपतालले जनाएकाे छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण