स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा गोविन्द केसीलाई काठमाडौं ल्याइयो
काठमाडौं : नौ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ ।
विहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकले कुनै पनि वेला मुटुले काम गर्न छोड्ने भन्दै तत्काल काठमाडौँ लैजान सुझाव दिएका थिए ।
सोही अनुसार राती नै झापाको भद्रपुर सम्म एम्बुलेन्स र त्यसपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमा काठमाडौँ ल्याएको हो । डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा राखेर उपचार शुरु गरिएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकको टोलीले उनलाई बुधवार नै तुरुन्त सघन उपचार कक्षमा राखेर उपचार गर्न सुझाव दिएको थियो।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण