स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा गोविन्द केसीलाई काठमाडौं ल्याइयो
काठमाडौं : नौ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर भएपछि राति नै काठमाडौं ल्याइएको छ ।
विहीबार साँझबाट उनको मुटुको चाल अस्थिर भएपछि चिकित्सकले कुनै पनि वेला मुटुले काम गर्न छोड्ने भन्दै तत्काल काठमाडौँ लैजान सुझाव दिएका थिए ।
सोही अनुसार राती नै झापाको भद्रपुर सम्म एम्बुलेन्स र त्यसपछि नेपाली सेनाको नाइटभिजन हेलिकप्टरमा काठमाडौँ ल्याएको हो । डा केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको आइसियूमा राखेर उपचार शुरु गरिएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकको टोलीले उनलाई बुधवार नै तुरुन्त सघन उपचार कक्षमा राखेर उपचार गर्न सुझाव दिएको थियो।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी