स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा. केसीलाई काठमाडौं ल्याउने तयारी
काठमाडौं : स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने तयारी गरिएको छ। उनलाई इलामबाट एम्बुलेन्समा भद्रपुर ल्याउने र भद्रपुरबाट नाइटभिजन हेलिकोप्टरबाट काठमाडौं ल्याउने पारिवारिक स्रोतले बताएको छ।
उनको स्वास्थ्यमा समस्या देखिएपछि उनका सहयोगी चिकित्सकहरूको टोली केही दिनअघि इलाम पुगेको थियो।
नौ दिनदेखि १६औँ पटक आमरण अनशन बसिरहेका केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि स्वास्थ्यमन्त्री उपेन्द्र यादवको निर्देशनमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ चिकित्सकको टोली बिहीबार नै इलाम गएको थियो।
टोलीले उनलाई सघन उपचार कक्षमा राखेर उपचार गर्न सुझाव दिएको थियो।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य