‘जनताको स्वास्थ्यका लागि लड्नु कम्युनिस्ट विरोधी हुनु हो र ?’
काठमाडाैंः नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीसँग गरेको सम्झौता कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रसरता लिनुपर्ने बताएका छन्।
बिहीबार काठमार्डौमा पत्रकार सम्मेलन गरेर थापाले चिकित्सा शिक्षा विधेयक अब सरकारको हातमा पुगेको भन्दै प्रधानमन्त्रीले चाहे डा केसीसँग भएको सम्झौता अनुसार नै विधेयक पारित हुने बताए ।
थापाले डा केसीलाई कम्युनिस्ट विरोधी र कांग्रेसको हो भनेर हल्ला फैलाएकोमा असन्तुष्टि जनाए । चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनसन बस्दा डा केसीले सरकारमा को छ भनेर कहिल्यै नहेरेको उनकाे भनाइ थियाे। उनले थपे, जनताकाे स्वास्थ्यका लागि लड्नु कम्युनिस्ट विरोधी हुनु हाे र?
चिकित्सा शिक्षामा सुधारकाे माग राख्दै डा केसी ९ दिनदेखि आमरण अनसन बसेका छन् । अनसनका कारण उनको अवस्था नाजुक बन्दै गएपनि सरकारले हालसम्म औपचारिक रुपमा वार्तका लागि कुनै पहल गरेको छैन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण