डा. केसीको उपचारका लागि धरानबाट चिकित्सकको अर्काे टोली इलामतर्फ
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्देशनमा इलाममा अशनरत डा. गोविन्द केसीको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट छजना चिकित्सकको टोली इलाम पठाइएको छ ।
प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा.विकास शाहको नेतृत्वमा टोली बिहीबार पनि चिकित्सकको टोली इलाम गएकाे हाे।
टाेलीमा डा. आशिस सुवेदी, एनेथेस्थेसिया र आईसीयू, डा. अदिती महासेठ, कार्डियोलोजिष्ट, डा.राजकुमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याब टेक्निसियन, देवकान्त चौधरी, नर्स, लगायत छन्।
बुधबार गएको टोलीले पहिलो चरणको उपचार गरी फर्केको र आज गएको टोली भने केही दिन इलाम नै रहने डा.विकास शाहले जानकारी दिए।
प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति पालना हुनुपर्ने अडान राख्दै आमरण अनशनमा रहेका डा. केसीकाे स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि सरकारले चिकित्सकको टोली इलाम पठाएकाे हाे।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य