‘काठमाडौंमा स्वाइनफ्लुका बिरामी छैनन्’
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा स्वाइनफ्लु नरहेको दाबी गरेको छ। राजधानीमा केही मानिसमा रुघाखोकीको समस्या देखिए पनि त्यो स्वाइनफ्लु नभएको महाशाखाले स्पष्ट पारको छ।
महाशाखाका अनुसार दुई महिनायता१४६ जना व्यक्तिमा सिजनल इन्फ्लुएन्जा (मौसमी रुघाखोकी) का बिरामी देखापरेको शाखाले जनाएको छ।
मंसिर र पुस महिनामा टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ३३४ जना बिरामीको र्यारलको नमूना परीक्षण गर्दा १६८ जना बिरामीमा इन्फ्लुएन्जा प्रमाणित भएको थियो । ती मध्ये १४६ जनामा इन्फ्लुएन्जा ए एचवान एन वान पीडीएम नाइन, नौ जनामा इन्फ्लुएन्जा ए एच थ्री र १३ जनामा इन्फ्लुएन्जा बी रहेको प्रमाणित भएको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार काठमाडौँमा इन्फ्लुुएन्जा रोग प्रमाणित एक जना व्यक्तिको स्वास्थ्य थप जटिल भई मृत्यु भएको जानकारी दिनुभयो ।
सिजनल इन्फ्लुएन्जा कुनै नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने तीब्र खाले सङ्क्रामक रोग भएको उनले बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?