बालबालिकाको स्वास्थ्यका लागि आमालाई पाँच दिन विदा
बालबालिकाको हेरचाह गर्न भन्दै मंगोलिया सरकारले आफ्ना कर्मचारीलाई पाँचदिने तलबी बिदा घोषणा गरेको छ। विभिन्न रोगको संक्रमण हुने समय भएकाले उनीहरूलाई पाँच दिनको विदा दिने निर्णय गरेको अधिकारीहरूले जानकारी दिएका छन्।
बच्चा भएका कर्मचारी तथा रेखदेख गर्ने व्यक्तिहरुलाई पाँच दिनसम्म विदा लिन पाउने व्यवस्था गरिएको हो। रोगको संक्रमणमा परेका पाँच वर्षमुनिका बालबालिकाकाे हेरचाहका निम्ति विदा दिने घोषणा गरिएको अधिकारीहरूको भनाइ छ।
सरकारले निजी तथा सार्वजनिक संस्थाहरू तथा कम्पनीहरूलाई पनि त्यस्ता बालबालिका भएका कर्मचारीहरुलाई विदा दिन पनि आह्वान गरेको छ।
राजधानी उलानबाटोरसहितका ठाउँमा वायु प्रदूषण, निमोनिया, इन्फ्लुयन्जार अन्य सरुवा रोगहरूका कारण धेरै बालबालिका प्रभावित भएका छन्। राजधानीमा रहेका अस्पतालमा बालबालिकासम्बन्धी उपचार कक्षहरूमा अहिले क्षमताभन्दा बढी बिरामी रहेकाे जनाइएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?